Logo

आफुले शुरु गरेको औषधि उद्योगको यसरी गरे जोशीले ‘फलोअप’, असोजबाट सिटामोल उत्पादन

आफुले शुरु गरेको औषधि उद्योगको यसरी गरे जोशीले ‘फलोअप’, असोजबाट सिटामोल उत्पादन


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । नविन्द्रराज जोशीले आफु उद्योग मन्त्री हुँदा संचालनमा ल्याएको नेपाल औषधिको ‘फलोअप’ शुरु गरेका छन् । पूर्व उद्योग मन्त्री जोशीले आफु उद्याग मन्त्री हुँदा दृढ अठोटका साथ संचालनमा ल्याएका सो उद्योगले अहिले सन्तोषजनक रुपमा काम गरेको बताए हुन् ।

उनले आज नेपाल औषधिको अवलोकन गरेका थिए । बन्द भएको ८ बर्ष पछि संचालनमा आएको नेपाल औषधिले हाल जीवनजल उत्पादन गर्दै आएको छ । पछिल्लो समय नेपाल औषधिको जीवनजलको माग उच्च रहेको छ ।

अबलोकनमा क्रममा नेपाल औषधिले सोचे अनुरुप काम गरेको भन्दै आफुलाई आत्म सन्तुष्टी प्राप्त भएको बताए । मन्त्री पदबाट हटेपछि आफुले गरेको कामको बारेमा वास्ता नगर्ने परिपाटीको तोड्दै उनले आफु बाहाल रहँदा गरेका कामको अबलोकन शुरु गरेका हुन् ।

हाल जीवनजल मात्र उत्पादन गर्दै आएको नेपाल औषधिले असोजदेखि सिटामोल पनि उत्पादन गर्ने भएको छ । शुरुमा ८ प्रकारको औषधि उत्पादन गर्ने लक्ष्य लिएको नेपाल औषधिले केही समयभित्रै थप अन्य औषधि उत्पादन गर्ने भएको छ ।

नेपाल औषधिले पहिलो चरणमा सिटामोल, नेपोक्स्लीन, कफनास, अल्वेण्डाजोल, जिवनजल, एमजिट, आइरन चक्की र कफहिस्ट उत्पादन गर्ने लक्ष्य लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्