Logo

१५ दिनभित्र काठमाडौंको खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीको निर्देशन

१५ दिनभित्र काठमाडौंको खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीको निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् । प्रम देउवाले सडकको अबस्था हेर्दा महानगर भन्न पनि लाजमुर्न भन्दै यस्तो निर्देशन दिएका हुन् । आवश्यक परे थप बजेट दिन तयार रहेको समेत बताए ।

आइतबार सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजनालगायत सरोकारवाला मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

शुक्रबार नेपालटार र सामाखुशीमा भएको घटनाप्रति ध्यानआकर्षण गर्दै यस्त समस्या नदोहोरिने गरी समाधान गर्न समेत निर्देश गरेका छन् । शुक्रबार नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयालको ढलले बगाएर निधन भएको थियो । त्यस्तै सामखुशीमा स्कुले बालिका सत्या सापकोटाको ढलले बगाएर उद्दार गरिएको हो ।

‘काठमाडौंमा सडक र पोखरी चिन्न नसक्ने भएका छन’ उनले भने खाल्डा खुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ ।’ प्रधानमन्त्रीले सरोकारवाला निकायका प्रमुखहरुलाई तत्काल फिल्डमा खटिएर समस्या समाधान गर्न समेत निर्देशन दिएको छ ।

प्रम देउवाले बढीमा १५ दिनभित्र काठमाडौंका खाल्डाहरु पुर्न निर्देश्न दिएका छन् । ‘मैले अवको १५ दिनभित्र काठमाडौंमा खाल्डा खुल्डी देख्न नपरोस्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्