Logo

चुणामणि शर्मा विरुद्धको मुद्दा आज दायर हुन सकेन, ११ अर्ब बिगो सहित शुक्रबार दर्ता हुने

चुणामणि शर्मा विरुद्धको मुद्दा आज दायर हुन सकेन, ११ अर्ब बिगो सहित शुक्रबार दर्ता हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । समय अभावका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा सहित कर फस्र्योट आयोग विरुद्धको मुद्दा दायर गर्न सकेको छैन ।

अख्तियारले शर्मा सहित आयोगका अध्यक्ष लुम्बध्वज (एलडी) महत र अर्का सदस्य उमेश ढकाल विरुद्ध १० अर्ब ९६ करोड रुपैयाँ विगो सहित बिशेष अदालतमा मुद्दा दायरका लागि गएपनि समय अभाव भएकाले दार्ता हुन सकेन । आज (बिहीबार) मुद्दा दायर गर्न पालो नआएकाले त्यतिकै फर्कनु परेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

आज दर्ता नभएकाले भोली अफिस खुल्ने वित्तिकै शर्मा र आयोग विरुद्ध मुद्दा दायर गरिने अख्तियारले जानकारी दिएको छ । अख्तियारले १ हजार ७९ मध्ये करिब ५० वटा मात्रै फाइल अध्ययन गरी विगो दाबी गरेको हो । हाल आयोगका अध्यक्ष महत र ढकाल भने फरार रहेका छन् ।

यसैगरी शुक्रबार नै सर्वोच्च अदालतमा शर्माको बारेमा वहश रहेको छ । बुधबार शर्माकी पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले शुक्रवार शर्मालाई उपस्थित गराउन आदेश दिएको हो ।

आयोगले पटक–पटक म्याद थप गर्दै शर्मालाई डेढ महिनादेखि हिरासतमा राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL