काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दायर भएको महाअभियोग सम्वन्धी रिटको संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ ।
बिहीबार कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको संयुक्त इजलासले यो मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय गरेको हो ।
कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले उनीबिरुद्ध महाअभियोग दर्ता गरेका थिए । महाअभियोग लागेपछि पद त्यागेपनि त्यसविरुद्ध परेको रिटमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल एजलासले महाअभियोग अघि नबढाउन अन्तरिम आदेश दिए लगतै कार्की पुनः काममा फर्केकि थिइन् ।