Logo

‘मौद्रिक नीति स्वागतयोग्य’ महासंघ, निजी क्षेत्रलाई उत्साहित पार्न आग्रह

‘मौद्रिक नीति स्वागतयोग्य’ महासंघ, निजी क्षेत्रलाई उत्साहित पार्न आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४–७५ लागी जारी गरेको मौद्रिक नीतिलाई नेपाल उद्योग वाणिज्य महासंघले सकारात्मक रुपमा लिएको छ । मौद्रिक नीतिमा वाणिज्य बैंकहरूले २०७५ असारसम्ममा आफ्नो कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा अनिवार्य रूपमा प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिनु सकारात्मक भएको महांघले जानकारी दिएको छ ।

‘यसवर्ष २० अर्ब रुपैया“को पुर्नकर्जा कोष स्थापना गरिने उल्लेख हुनु सकारात्मक छ’ महासंघद्धारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ‘यस व्यवस्थाबाट निजी क्षेत्रले अधिकतम फाइदा लिन सक्नुपर्छ ।’

त्यस्तै जलविद्युत, कृषि, पर्यटन, निर्यात, साना एवं मझौला उद्योग, औषधी उत्पादन, सिमेन्ट, गार्मेन्ट लगायतका उत्पादनशील क्षेत्रलाई समावेश गरी प्राथमिकता प्राप्त क्षेत्रको रुपमा परिभाषित गर्ने उल्लेख हुनु स्वागतयोग्य रहेको उल्लेख छ ।

त्यसैगरी अटो लोनमा निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्याङ्कनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्न सक्ने व्यवस्थालाई ६५ प्रतिशत र विद्युतीय सवारीमा ८० प्रतिशत पु¥याइनु पनि सकारात्मक छ । सबै स्थानीय तहमा बैंकको शाखा पु¥याउने सरकारको नीति कार्यान्वयनका लागि राष्ट्र बैंकको निर्देशन सह्रानीय छ । यसले बैकिङ पहु“च बाहिर रहेका जनताहरूलाई बैकिङ प्रणालीभित्र ल्याउने महासंघको विश्वास छ ।

विदेशी लगानीकर्ताहरुलाई लाभांश फिर्ता लैजाने वर्तमान व्यवस्थामा सरलीकरण गर्दै जाने नीतिले प्रत्यक्ष वैदेशिक लगानीमा सुधार आउने विश्वास महासंघको छ ।

‘तर, बैंकहरुले तरलता अभावको मौका छोपी ब्याजदर बढाउने प्रवृत्ति सुधार्न यस वर्ष पनि ठोस कार्यक्रम आएन, जुन अनिवार्य रुपमा आउनु पर्ने थियो’ महासंघले भनेको छ । समग्रमा राष्ट्र बैंकले “माइक्रो म्यानेजमेन्ट” लाई भन्दा पनि नीतिगत विषयहरुमा विशेष ध्यान दिनु पर्ने महासंघको जोड छ ।

ब्याजदर कम गर्नका लागि मौद्रिक नीतिमा खासै व्यवस्था नभएको विश्लेषण महासंघको छ । मौद्रिक नीतिबाट निजी क्षेत्र उत्साहित हुन नसकेपनि अन्य कुनै नीतिगत व्यवस्थाबाट निजी क्षेत्रका सुझावहरुलाई समावेश गरी अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रलाई उत्साहित पार्ने कार्यमा राष्ट्र बैंकबाट उचित संवोधन होस भन्ने महासंघको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्