Logo

सरकारका मुख्य सचिव सुवेदीले दिए राजिनामा, आजै औपचारिक बिदाई

सरकारका मुख्य सचिव सुवेदीले दिए राजिनामा, आजै औपचारिक बिदाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले पदबाट राजीनामा दिएका छन् । सरकारले उनलाई आजै एक कार्यक्रम गरी विदाई गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

मुख्य सचिवबाट विदा लिएसँगै सुवेदी एसियाली विकास बैंकका बैकल्पि कार्यकारी निर्देशक भएर काम गर्ने छन् । केही समय अघि नेपाल सरकारले उनलाई एशियाली विकास बैंकमा वैकल्पिक कार्यकारी निर्देशकमा पठाएको थियो ।

उनी २०७२ साल साउन २० गते मुख्यसचिव नियुक्त भएका थिए । उनले वित्तीय विकेन्द्रिकरण विद्यावारिधि उपाधी हासिल गरेका थिए ।
उनले पदबाट राजिनामा दिएसँगै अब बन्ने मुख्य सचिवमा शान्त बहादुर श्रेष्ठ, डा. शान्तराज सुबेदी, लोकदर्शन रेग्मी र धनबहादुर तामाङ प्रतिस्पर्धामा छन् । तर तामाङको उमेरहदका कारण भोलिबाटै सेवा कालिन समयाबधि सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL