Logo

साउन १ गतेदेखि पुनः मदताता नामावली संकलन

साउन १ गतेदेखि पुनः मदताता नामावली संकलन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निर्वाचन आयोगले साउन १ गतेदेखि पुनः मतादाता नामावली संकलन गर्ने भएको छ । यस अघिको निर्वाचनमा धेरै जसोको मतदाता नामावली छुटेको गुनासो आएपछि आयोगले पुनः संकलन कार्य शुरु गर्न लागेको आयोगका सुचना अधिकारी सुर्यप्रसाद अर्यालले जानकारी दिए ।

आयोगले १ गतेबाट १८ बर्ष पुगेका नेपाली नागकिको फोटो सहितको मतदाता नामावली संकलन गर्न लागेको हो । घटीमा १ हप्ता र बढीमा २ हप्ताको लागि मतदाता नामावली संकलन गरिने समेत उनले जानकारी दिए । ‘कति समय तोक्ने भन्ने बिषयमा निर्णय भइसकेको छैन,’ उनले भने, ‘आयोगले बढीमा २ हप्तासम्म तोक्न सक्छ ।’

आयोगले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट मतादाता नामावली संकलन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL