काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस संयोजकमा गोविन्द परियार नियुक्त भएका छन् । परियारलाई आजै मात्र प्रेस संयोजकमा नियुक्त गरिएको हो ।
अन्नपूर्ण पोस्टका बरिष्ठ संवाददाताको रुपमा कार्यरत रहेका परियारले समाजशास्त्रमा स्नातोत्तर तह उत्तिर्ण गरेका छन् । परियारसँग १५ वर्ष लामो पत्रकारिताको अनुभव रहेको छ ।
प्रधानमन्त्री देउवाले उनलाई विशिष्ट श्रेणीको सुविधा पाउने गरी प्रेस संयोजकमा नियुक्त गरेका हुन् ।
यसैगरी प्रधानमन्त्री देउवाको परराष्ट्र मामिला सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त भएका छन् ।