Logo

यसरी अघि बढ्दै छ क्लिन सिटी अभियान, कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गरिने

यसरी अघि बढ्दै छ क्लिन सिटी अभियान, कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नगर सफाइका लागि सूर्योदय अगावै फोहर संकलन गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताए। क्लिन द सिटी अभियान अन्तर्गत शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर २१ को सफाइमा सहभागी हुँदै उनले यस्ते बताएका हुन् । साथै महानगरलाई मास्क नलगाई हिँड्ने अवस्थामा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

सफाइमा सहभागी महानगरका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरवासीलाई घरभित्रको फोहर जथाभावी नफ्याँक्न आग्रह गर्दै स्रोतमै कुहिने र नकुहिने फोहर अलग अलग संकलनकालागि महानगरले चाँडै नै साधन उपलब्ध गराउने जानकारी दिए ।

वडा २१ अन्तर्गतको सफाइ लगन चोकबाट शुरु भएर जैसीदेवल, मजिपा, यङ्गाल हुँदै लगन चोकमै आएर समापन भएको थियो । यस्तै, अभियान अन्तर्गत निर्वाचित वडा प्रतिनिधि, महानगरका कर्मचारी, स्थानीय लगायतका अन्य व्यक्तिको सहभागितामा वडा नम्बर २५ मा इन्द्रचोक, आकाश भैरब, त्यौड हुँदै ज्याथासम्मको सफाइ गरिएको थियो  ।

 

क्लिन द सिटी अभियान अन्तर्गत नै वडा नम्बर ११ मा टुकुचा खोलाको सफाइ गरिएको थियो । श्रीविकास निर्माण कार्यदल गण १ र कुमारी मार्ग समितिको संयुक्त आयोजनामा सम्पन्न सफाइमा वडाका निर्वाचित प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा वडावासीको सहभागिता रहेको थियो ।

सफाइका क्रममा वडा अध्यक्षहरुले नगर सफाइको दायित्व महानगरवासीको पनि भएकाले सफाइमा सहभागी हुन आग्रह गरेका थिए। सफाइबाट वडा नम्बर २१ र २५ मा ६÷६ र ११ मा ५ गरी कुल १७ टन माटो र धुलो सहितको फोहर व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL