Logo

३०४ स्थानको नतिजा सार्बजनिक, एमालेले १३३ स्थानमा जित्दा कांग्रेस ११५ मा बिजयी

३०४ स्थानको नतिजा सार्बजनिक, एमालेले १३३ स्थानमा जित्दा कांग्रेस ११५ मा बिजयी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय निकायको दोस्रो चरणको निर्वाचन अन्तरगत ३ सय ४ स्थानको नतिजा सार्बजनिक भएको छ ।

हालसम्म सार्बजनिक नतिजा अनुसार नेकपा एमाले सबैभन्दा अग्र स्थानमा रहेको छ । एमालेले हालसम्म १ सय ३३ स्थानमा जीत हासिल गरेको छ ।
यसैगरी एमालेलाई पच्छ्याइरहेको नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म १ सय १५ स्थानमा बिजयी हासिल गरेको छ भने तेस्रो स्थानमा रहेका माओवादी केन्द्रले ३६ स्थानमा जितेको छ ।

हालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ स्थानमा बिजय प्राप्त गरेको छ । यसैगरी फोरम लोकतान्त्रिक र फोरम नयाँ शक्तिले ६/६ स्थानमा जीत हासिल गरेका छन् भने राष्ट्रिय जनमोर्चाले २ र अन्य उम्मेदवारले २ स्थानमा बिजय प्राप्त गरेका छन् ।

हालसम्मको मतपरिणाम अनुसार मतगणना भइरहेको स्थानमा पनि एमाले नै अग्र स्थानमा रहेको छ । एमालेले १९ स्थानमा अग्रता लिँदा कांग्रेसले ५ स्थानमा मात्र अग्रता लिएको छ । अहिलेसम्म माओवादी २, फोरम नयाँ शक्तिले १ र अन्य दलले ४ स्थानमा अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL