Logo

परराष्ट्रमन्त्री महरा स्वदेश फिर्ता, भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्ध थप सुदृढ

परराष्ट्रमन्त्री महरा स्वदेश फिर्ता, भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्ध थप सुदृढ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र भारतबीच सदियौंदेखि रहँदै आएको मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्ध थप सुदृढ भएको बताएका छन् ।

छिमेकी मुलुक भारतको औपचारिक भ्रमण सकेर आज नेपाल फर्कीएलगतै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारत भ्रमणले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध थप सुदृढ तुल्याउन मद्दत पुगेको बताएका हुन् ।

मन्त्री महराले दुई मुलुकबीच आर्थिक–सामाजिक विकास तथा पूर्वाधार निर्माणसम्बन्धी सम्झौता एवम् सहमतिलगायत हाल चालु परियोजनाको समयवद्ध रुपमा सफल कार्यान्वयन गर्न तथा सहयोगका नयाँ क्षेत्रको पहिचान गर्ने तर्फ महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गरे ।
भारतका विदेशमन्त्री सुष्मा स्वराजको मैत्रीपूर्ण निमन्त्रणमा यही असार १९ देखि २० गतेसम्म परराष्ट्रमन्त्री महराले भारत भ्रमण गरेका थिए ।
सो अवसरमा नेपाल–भारतसम्बन्धका सबै पक्ष र विषयमा विचार आदान प्रदान भएको बताए ।
मन्त्री महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणको मीति आपसी छलफलबाट तोकिने जानकारी दिँदै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को शिखर सम्मेलन गर्ने विषयमा भारत सकारात्मक रहेको बताए । ‘दुई मुलुकबीच उच्च तहमा भएका भ्रमणको आदान–प्रदानले आपसी सम्बन्धलाई थप मजबूत बनाउन सहयोग पुगेको महसुस भएको छ’ उनले भने ।

भारतीय सहयोगमा संचालित विभिन्न विकास–परियोजना कार्यान्वयनलाई थप गति दिने, व्यापार–असन्तुलनलाई कम गर्ने, नेपालको निर्यात बढाउने लगाउने लगायतका आपसी विश्वास तथा मैत्री सम्बन्धलाई प्रगाढ पार्न सहयोग पुगेको जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL