Logo

एक उपमहानगरसहित ११६ स्थानमा एमाले, १०१ स्थानमा कांग्रेसले जित्दा ३२ स्थानमा माओवादी

एक उपमहानगरसहित ११६ स्थानमा एमाले, १०१ स्थानमा कांग्रेसले जित्दा ३२ स्थानमा माओवादी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले आफ्नो अग्रता कायम नै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले एक उपमहानगरपालिका सहित १ सय १६ स्थानीय तहमा जीत हासिल गर्दै अग्र स्थानमा रहेको छ । एमालेले दाङको घोराही उपमहानगरपालिका जीत हासिल गरेको हो ।

यसैगरी, एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म १ सय १ स्थानमा जीत हासिल गरेको छ । हालसम्मको परिणाम अनुसार माओवादी केन्द्र ३२ स्थानीय तहमा बिजयी भएको छ ।

यसैगरी राष्ट्रिय जनमोर्चाले २ स्थानमा जीत हासिल पारेको छ । यसैगरी फोरम नयाँ शक्तिले ६ स्थानीय तहमा जीत हासिल गरेको छ । पछिल्लो मत परिणाम अनुसार राप्रपाले पनि खाता खोेलेको छ । हालसम्म राप्रपाले १ स्थानमा जीत हासिल गरेको छ भने फोरम लोकतान्त्रिकले ३ स्थानमा बिजयी भएको छ ।

हालसम्मको मतपरिणाम अनुसार मतमणना भइरहेको स्थानमा पनि एमालेनै रहेको छ । एमालेले ३५ स्थानमा अग्रता कायम राखेको छ । यसैगरी एमालेलाई पच्छ्उँदै नेपाली कांग्रेले २६ स्थानमा अग्रता लिइरहेको छ । हालसम्मको अबस्थामा माओवादीले ५ स्थानमा मात्र अग्रता लिइरहेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानमा अग्रता लिएको छ । फोरम लोकतान्त्रिकले ३ र अन्य उम्मेदवारले ५ स्थानमा अग्रता कायम राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL