Logo

१०४ स्थानमा एमालेले जित्दा ९१ स्थानमा कांग्रेस, ३१ स्थानमा पुग्यो माओवादी, अग्रतामा एमाले नै

१०४ स्थानमा एमालेले जित्दा ९१ स्थानमा कांग्रेस, ३१ स्थानमा पुग्यो माओवादी, अग्रतामा एमाले नै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले आफ्नो अग्रता कायम नै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले १ सय ४ स्थानीय तहमा जीत हासिल गर्दै अग्र स्थानमा रहेको छ ।

एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म ९१ स्थानमा जीत हासिल गरेको छ । यसैगरी माओवादी केन्द्र हालसम्म ३१ स्थानीय तहमा बिजयी भएको छ । लामो समय २२ स्थानमा अड्किएको माओवादीले अहिले ३१ स्थानमा जीत हासिल गरेको छ ।

यसैगरी राष्ट्रिय जनमोर्चाले २ स्थानमा जीत हासिल पारेको छ । यसैगरी फोरम नयाँ शक्तिले ६ स्थानीय तहमा जीत हासिल गरेको छ । पछिल्लो मत परिणाम अनुसार राप्रपाले पनि खाता खोेलेको छ । हालसम्म राप्रपाले १ स्थानमा जीत हासिल गरेको छ भने फोरम लोकतान्त्रिकले ३ स्थानमा बिजयी भएको छ ।

हालसम्मको मतपरिणाम अनुसार मतमणना भइरहेको स्थानमा पनि एमालेनै रहेको छ । एमालेले ४५ स्थानमा अग्रता कायम राखेको छ । यसैगरी एमालेलाई पच्छ्उँदै नेपाली कांग्रेले ३८ स्थानमा अग्रता लिइरहेको छ । हालसम्मको अबस्थामा माओवादीले ७ स्थानमा मात्र अग्रता लिइरहेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानमा अग्रता लिएको छ । नयाँ शक्ति फोरमले १, फोरम लोकतान्त्रिकले ३ र अन्य उम्मेदवारले ५ स्थानमा अग्रता कायम राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL