काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आज बिहान भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री महराका समकक्षी तथा भारतीय विदेशमन्त्री शुष्मा स्वराजको निमन्त्रणमा भारत गएका हुन् ।
तीन दिने भ्रमणका क्रममा उनले विदेशमन्त्री स्वराजसँग भेटवार्ता गर्नेछन् । त्यसैगरी मन्त्री महराले भारतस्थित नेपालका लागि गैरआवासीय राजदूतसँग बैठक गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्रन्त्रीको साथमा प्रमुख स्वकीय सचिव युवराज चौलागाईँ तथा सहसचिवद्वय भरतराज पौड्याल र भृगु ढुङ्गाना छन् ।
मन्त्री महरा मङ्गलबार स्वदेश फर्कने कार्यक्रम छ ।