Logo

७७ स्थानमा एमालेले जित्दा ५७ स्थानमा कांग्रेस, माओवादी २२ स्थानमै अड्कियो

७७ स्थानमा एमालेले जित्दा ५७ स्थानमा कांग्रेस, माओवादी २२ स्थानमै अड्कियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले आफ्नो अग्रता कायम नै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले ७६ स्थानीय तहमा जीत हासिल गर्दै अग्र स्थानमा रहेको छ ।

एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म ५७ स्थानमा जीत हासिल गरेको छ । यसैगरी माओवादी केन्द्र हालसम्म २२ स्थानीय तहबाट भाथी उक्लन सकेको छैन । हिजो देखि नै माओवादी २२ स्थानमै सिमित रहेको छ ।

यसैगरी राष्ट्रिय जनमोर्चाले २ स्थानमा जीत हासिल पारेको छ । यसैगरी फोरम नयाँ शक्तिले १ स्थानीय तहमा जीत हासिल गरेको छ ।

हालसम्मको मतपरिणाम अनुसार मतमणना भइरहेको स्थानमा पनि एमाले र कांग्रेसबीच प्रतिस्पर्धा परेको छ । हालसम्मको परिणम अनुसार दुबै पार्टीको अग्रस्थानमा पनि बराबर जस्तै रहेको छ । पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले ६८ स्थानमा अग्रता कायम राख्दा एमालेले ६६ स्थानमा आफ्नो अग्रता कायम राखेको छ ।

यसैगरी माओवादी केन्द्रले १२ स्थानमा अग्रता लिँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ स्थानमा अग्रता लिएको छ । नयाँ शक्ति फोरमले २, फोरम लोकतान्त्रिकले ५ र स्वतन्त्र उम्मेदवारले ३ स्थानमा अग्रता कायम राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL