Logo

६२ स्थानमा एमालेले जित्दा ४२ स्थानमा कांग्रेस, माओवादी २२ स्थानमै अड्कियो

६२ स्थानमा एमालेले जित्दा ४२ स्थानमा कांग्रेस, माओवादी २२ स्थानमै अड्कियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले आफ्नो अग्रता कायम नै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले ६२ स्थानीय तहमा जीत हासिल गरेको छ ।

एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म ४२ स्थानमा जीत हासिल गरेको छ । यसैगरी माओवादी केन्द्र तेस्रो स्थानमा रहँदै २२ स्थानीय तहमा प्रमुख पदमा जीत हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले २ स्थानमा जीत हासिल पारेको छ । यसैगरी फोरम नयाँ शक्तिले १ स्थानीय तहमा जीत हासिल गरेको छ ।

हालसम्मको मतपरिणाम अनुसार मतमणना भइरहेको स्थानमा पनि एमाले र कांग्रेसबीच प्रतिस्पर्धा परेको छ । हालसम्मको परिणम अनुसार दुबै पार्टीले ७० /७० स्थानमा अग्रता कायम राखेका छन् ।

माओवादी केन्द्र तेस्रो स्थनमा रहँदै २१ स्थानमा आफ्नो अग्रता कामय राखेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानमा अग्रता लिएको छ भने नयाँ शक्ति फोरमले २, फोरम लोकतान्त्रिकले ५ र स्वतन्त्र उम्मेदवारले ३ स्थानमा अग्रता कायम राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL