काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले आफ्नो अग्रता कायम नै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले ३५ स्थानीय तहमा जीत हासिल गरेको छ ।
एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म २७ स्थानमा जीत हासिल गरेको छ । यसैगरी माओवादी केन्द्र तेस्रो स्थानमा रहँदै १३ स्थानीय तहमा प्रमुख पदमा जीत हासिल गरेको छ । राष्ट्रिय जनमोर्चा र फोरम नयाँ शक्तिले १ १ स्थानीय तहमा जीत हासिल गरेको छ ।
हालसम्मको मतपरिणाम अनुसार मतमणना भइरहेको स्थानमा पनि एमाले नै अग्रस्थानमा रहेको छ । बिहान पौने ९ बजेसम्ममा एमालेले ९९ स्थानमा अग्रता लिइरहेको छ । यसैगरी नेपाली कांग्रेसले एमालेलाई पच्छ्याउँदै ९८ स्थानमा अग्रता लिइरहेको छ ।
माओवादी केन्द्र तेस्रो स्थनमा रहँदै २२ स्थानमा आफ्नो अग्रता कामय राखेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ स्थानमा अग्रता लिएको छ भने नयाँ शक्ति फोरमले २, फोरम लोकतान्त्रिकले ६ र स्वतन्त्र उम्मेदवारले ३ स्थानमा अग्रता कायम राखेका छन् ।