Logo

५ स्थानमा मतगणना अनिश्चित, के गर्दै छ निर्वाचन आयोग ?

५ स्थानमा मतगणना अनिश्चित, के गर्दै छ निर्वाचन आयोग ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार सम्पन्न स्थानीय निकायको दोस्रो चरणको निर्वाचनमध्ये ५ स्थानमा मतगणना हुन सकेको छैन । असार १४ गते कुल ३ सय ३४ स्थानीय तहमध्ये ५ तहमा मतगणना हुन नसेकेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार अछामको २ स्थानीय तह, बझाङ्को १, दाङको १ र गुल्मीको १ स्थानीय तहमा अहिलेसम्म मतदान हुन सकेको छैन । दलीय प्रतिनिधिबीच सहमति नहुँदा अहिलेसम्म मतगणना हुन नसकेको हो ।

दलीय सहमति नजुटेपनि मतगणना गरिने आयोगले जानकारी दिएको छ । मतगणनाका लागि दलीय प्रतिनिधि नभएपनि वा उनीहरुले मुचुल्कामा सही नगरेपनि मतगणना जारी गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL