Logo

दलीय प्रतिनिधि र मुचुल्का नभएपनि मतगणना गर्न आयोगको निर्देशन

दलीय प्रतिनिधि र मुचुल्का नभएपनि मतगणना गर्न आयोगको निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निर्वाचन आयोगले मतगणनामा दलका प्रतिनिधि उपस्थित नभए पनि मतगणना कार्य अघि बढाउन निर्देशन दिएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको दलीय विवादले गर्दा मतगणना नभएको अवस्थामा दलका प्रतिनिधि वा उनीहरुले मुचुल्कामा सहीछाप नगरे पनि मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बिहान बसेको बैठकले मतगणना कार्यमा सबै वा केही उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित नभएपनि मतगणना गर्न निर्देशन दिएको हो । साथै उपस्थित भएपनि मुचुल्कामा हस्ताक्षर नगरेमा सोही व्यहोराको मुचुल्का गरी कर्मचारीको सहीछाप गराई मतगणना कार्य अगाडि बढाउन निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६० को ऐन अन्तरगत रहेर मतगणना गर्न दिर्नेशन दिएको आयोगद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

‘सबै वा केही उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थिति नभएमा वा निजहरु उपस्थित भए पनि सम्बन्धित मुचुल्कामा सहीछाप नगरेको अवस्थामा पनि मतगणना कार्य अगाडि बढाउन सम्बन्धित सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ,’ आयोगले विज्ञप्तीमार्फत उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL