Logo

९ स्थानमा एमालेले जित्दा कांग्रेस ५, माओवादी २ स्थानमा बिजयी, एमालेको अग्रता कायमै

९ स्थानमा एमालेले जित्दा कांग्रेस ५, माओवादी २ स्थानमा बिजयी, एमालेको अग्रता कायमै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय निकायको दोस्रो चरणको मत परिणाम सार्वजनिक भइरहँदा नेकपा एमालेले ९ स्थानमा जीत हात पारेको छ । पछिल्लो मतपरिणा अनुसार एमालेले ९ स्थानमा जीत हासिल गर्दा नेपाली कांग्रेसले ५ स्थानमा आफ्नो जीत सुनिश्चित गरेको हो । हालसम्मको तथ्याङ्क अनुसार माओवादी केन्द्र २ स्थानमा बिजयी भएको छ ।

शुरु देखि नै अग्रता लिएको एमालेले अहिले पनि सबैभन्दा बढी स्थामा अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले कुल १ सय १६ स्थानमा अग्रता लिइरहेको छ । एमालेलाई पच्छ्याइरहेको नेपाली कांग्रेसले १ सय १२ स्थानमा अग्रता लिएको छ ।

हालसम्मको तथ्याङ्क अनुसार माओवादी केन्द्रले ५२ स्थानमा अग्रता लिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ स्थान र मा अग्रता लिदा फोरम–नयाँ शक्तिले ३ स्थानमा अग्रता कायम राखेको छ । त्यस्तै फोरम लोकतान्त्रिकको ५ र स्वतन्त्रले ४ स्थानमा अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL