Logo

ओखलढुङ्गाको सिद्धीचरण नगरपालिकाको १ र २ मा एमाले बिजयी, ९ मा कांग्रेस

ओखलढुङ्गाको सिद्धीचरण नगरपालिकाको १ र २ मा एमाले बिजयी, ९ मा कांग्रेस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिद्धीचरण नगरपालिकको १ र २ नम्बर वडामा नेकपा एमाले बिजयी भएको छ ।

ओखलढुङ्गा जिल्लाको सिद्धीचरण नगरपालिकको १ नम्बमा एमालेका बडा अध्यक्ष उम्मेदवार केदारबाबु बस्नेतको प्यानल नै बिजयी भएको त्यहाँ स्थित निर्वाचन पर्यवेक्षक खडिन्द्रबहादुर कटुवालले बताए ।

कटुवालका अनुसार सोही नगरपालिकाको २ नम्बर वडाको अध्यक्षमा एमालेकै कृष्णकुमार कार्की बिजयी भएका छन् । तर, सदस्यहरुमा भने अन्य पार्टीका उम्मेदवार पनि बिजयी भएको उनले जानकारी दिए ।

सो नगरपालिकाको बडा नम्बर ९ मा भने नेपाल कांग्रेसको प्यानल नै बिजयी भएको छ । सो बडाको अध्यक्षमा लालबहादुर बाँनिया बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL