Logo

२ ठाउँमा एमालेले जित्दा कांग्रेस र माओवादी १/१ स्थानमा बिजयी, कसको कति अग्रता ?

२ ठाउँमा एमालेले जित्दा कांग्रेस र माओवादी १/१ स्थानमा बिजयी, कसको कति अग्रता ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हालसम्मको मत परिणाम अनुसार नेकपा एमालेले २ स्थानमा बिजय हासिल गरेको छ । एमालेले २ स्थानमा जित्दा नेपाली कांग्रेस र माओवादी केन्द्रले भने १/१ स्थानमा मात्र बिजय प्राप्त गरेका छन् ।

पछिल्लो पटक सार्वजनिक नतिजा अनुसार सबैभन्दा बढी अग्र स्थानमा एमालेले नै रहेको छ । एमालेले हालसम्म १ सय १८  स्थानमा अग्रता कायम राखेको छ । यसैगरी एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म १ सय ८  स्थानमा अग्रता कायम राखेको छ ।

अहिलेसम्मको मत परिणाम अनुसार माओवादी केन्द्र तेस्रो स्थानमा रहन सफल भएको छ । माओवादीले हालसम्मा ४० स्थानमा आफ्नो अग्रता कायम राखेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ स्थानमा अग्रता लिदा फोरम नयाँ शक्तिले ५ स्थानमा अग्रता कायम राखेको छ ।

पछिल्लो समय फोरम लोकतान्त्रिकले ६ स्थानमा अग्रता लिएको छ भने स्वतन्त्र उम्मेदवारले ४ स्थानमा अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL