काठमाडौं १५ असार । सर्बोच्च अदातलको प्रधानन्यायाधीशमा संवैधानिक परिषद्ले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सिफारिश गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बिहीवार बसेको परिषद् बैठकले पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । परिषद्ले पराजुलीको नाम संसदीय सुनुवाइ समितिमा पठाएको छ ।
संसदीय सुनुवाइ पछि राष्ट्रपतिले पराजुलीलाई प्रधानन्यायाधीशमा नियुक्त गरिने छ । पराजुलीले जेठ २४ बाट सर्वोच्चको कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
पराजुली २०७५ वैशाख १६ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्ने छन् ।