काठमाडौं । स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस अघि लागेको छ । केही बेर अघिसम्म दोस्रो स्थानमा रहेको कांग्रेस अहिले अग्र स्थानमा उक्लिएको हो ।
अहिलेसम्मको नतिजा अनुसार नेपाली कांग्रेसले ४८ स्थानमा अग्रता लिएको छ । यसैगरी नेकपा एमालेको दोस्रो स्थानमा रहँदै ४६ स्थानमा अग्रता लिइरहेको छ ।
हालसम्मको परिणाम अनुसार केन्द्रले १७ स्थानमा आफ्नो अग्रता कायम राखेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २, फोरम–नयाँ शक्ति ४ र स्वतन्त्र उम्मेदवारले २ स्थानमा अग्रता लिइरहेका छन् ।
हिजो भएको दोस्रो चरणको निर्वाचनमा ३ सय ३४ स्थानीय तहका लागि मतदातन भएको थियो ।