काठमाडौं । पछिल्लो मतपरिणाम अनुसार अग्र स्थानमा नेकपा एमाले रहेको छ । दोस्रो चरणको निर्वाचनमो पछिल्लो मतपरिणाम अनुसार एमालेले ३५ स्थानमा आफ्नो अग्रता कायम राखेको छ ।
यसैगरी एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । हालसम्मको परिणाम अनुसार कांग्रेसले २६ स्थानमा आफ्नो अग्रता कायम राखेको छ । माआवादी केन्द्र तेस्रो स्थानमा रहँदै १५ स्थानमा अग्रता लिइरहेको छ ।
हालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानमा आफ्नो अग्रता लिएको भने फोरम–नयाँ शक्ति गठबन्धनले ४ स्थानमा अग्रता लिइरहेको छ । भने स्वतन्त्र उम्मेदवारले १ स्थानमा अग्रता लिएको छ ।
पछिल्लो पटक आएको मतपरिणाम अनुसार धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन् भने दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका धनश्याम पाण्डे अगाडी रहेका छन् । यसैगरी बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डे अगाडी रहेका छन् ।