काठमाडौं । स्थानीय निकायको दोस्रो चरणको निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान भइरहको निर्वाचन आयोगले जानकारी दिएको छ ।
दोस्रो चरणको निर्वाचन अन्तरतग प्रदेश नम्बर १, ५ र ७ मा दिउसो साढे १ बजेसम्म ५३ प्रतिशत मत खसेको छ ।
तीन प्रदेशको ३ सय ३४ स्थानीय तहमा बिहान ७ बजेबाट मतदान शुरु भएको थियो । केही स्थानमा मतदान कार्य विथोल्ने काम भएपनि त्यसलाई सुरक्षाकर्मीले बिफल बनाइदिएको आयोगले जानकारी दिएको छ ।
आयोगद्वारा जारी विज्ञप्ती अनुसार सबैभन्दा बढी उदयपुर र डडेलधुरामा ६५ प्रतिशत मतदान भएको छ । यसैगरी, सोलुखुम्बु, भोजपुर, खोटाङ लगायतका १२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको छ ।
निर्वाचनमा ६२ हजार प्रतिनिधि चुनावी मैदानमा उत्रिएका छन् । जसबाट १५ हजार ३८ प्रतिनिधिहरु चुनिनेछन् ।