Logo

दोस्रो चरण निर्वाचनको मतदान शुरु, ६४ लाख मतदाता सहभागी हुँदै

दोस्रो चरण निर्वाचनको मतदान शुरु, ६४ लाख मतदाता सहभागी हुँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दोस्रो चरणको स्थानीय निर्वाचनको मतदान शुरु भएको छ । बिहान ७ बजेदेखि नै तीन ओटै प्रदेशमा मतदान शुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार केही स्थानमा झरीका कारण मतदान कार्यमा समस्या उत्पन्न भएको छ । मतदाताहरु छाता र प्लाष्टिक ओड्र भएपनि मतदान कार्यमा सहभागी भएका छन् ।

आज प्रदेश नम्बर १, ५ र ७ का ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदाताले मतदान गर्दैछन् । जसका लागि ६२ हजार ४ सय ८ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । सो मध्येबाट १५ हजार ३८ जना उम्मेदवार निर्वाचित हुनेछन् भने ४१ जना उम्मेदवार निर्विरोध चयन भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL