बिजखबर संवाददाता
१५ माघ, काठमाडौं । बिहीवार नेप्से परिसुचक १ दशमलव ४१ अंकले घटेको छ । बजार खुलेको केही समय उकालो लागेको नेप्समा दिनभर उतावचढाव पश्चात अन्नत ९ सय ८६ दशमलव २९ विन्दमा पुगेर रोकिएको छ ।
बुधवार नेप्से १३ अंकले बढेको थियो ।
बिहीवार बैंकिङ,वाणिज्य बैंक, बीमा समूह,उत्पादन समूहको नेप्से परिसुचक घटेको छ । बैंकिङतर्फ २ दशमलव ४६ विन्दुले घटेको छ । त्यस्तै होटल समूहको ३ दशमलव २३,बीमा समूहको ३० दशमलव ६८ तथा उत्पादन समूहको परिसुचक २ दशमलव ७९ विन्दुले ओरालो लागेको छ ।
यता वाणिज्य बैंक,जलविद्युत तथा फाइनान्ससमूहको परिसूचक भने क्रमशः ० दशमलव २, १० दशमलव ७४र दशमलव २८ अंकले बढेको छ । बिहीवार १ सय ४३ कम्पनीको बजारमा जम्मा ३५ करोड ८६ लाखको शेयर कारोवार भएको थियो ।