Logo

ठूला बसमा केन्द्रित हुँदै महानगर, साझालाई थप ५ करोड दिँदै

ठूला बसमा केन्द्रित हुँदै महानगर, साझालाई थप ५ करोड दिँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातलाई थप ५ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । महानगरभित्र ठूला सवारीसाधन संचालनमा ल्याई ट्राफिक ब्यवस्थापनलाई सहयोग गर्न महानगरले साझालाई थप रकम दिन लागेको हो ।

महानगरले आज नै एक कार्यक्रमको आयोजना गर साझालाई थप रकम प्रदान गर्न लागेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । ‘साझासँगको सम्झौत अनुसार ५ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्ने कार्यक्रम छ,’ उनले भने, ‘सो रकमबाट साझाले महानगरभित्र यात्रुबाहक ठूला सवारीसधान संचालन गर्नेछ ।’

ठूला सवारी प्रवद्र्धन गर्न महानगरपालिकाले साझासँग साझेदारी गर्दै आएको छ । जसअनुसार महानगरले साझा यातायातलाई यस अघि १० करोड रुपैयाँ प्रदान गरेको थियो । सो रकमबाट महानगरले थप ३० वटा बस संचालनमा ल्याएको थियो । महानगरले ५ करोड रुपैयाँ दिएसँगै १३ भन्दा ठूला बस थपिने साझाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL