काठमाडौं । दोश्रो चरणको स्थानीय चुनावको प्रचारप्रसारको समय आइतबारदेखि सकिदै छ । प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुले आज मात्र प्रचारप्रसार गर्न सक्नेछन् ।
आइतबार मध्यरातबाट मौन अवधि सुरु हुने भएकोले निर्वाचन नसकिउनजे मतदातालाई प्रभावित पार्ने र प्रचारका कुनै पनि काम गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।
त्यस्तै आयोगले आइतबारदेखि मतदाता परिचयपत्र वितरण गर्दै छ । आइतबारदेखि मंगलबारसम्म परिचयपत्र वितरण गरिने आयोगले जानकारी दिएको छ । मतदातालाई परिचयपत्र वितरण गर्नुका साथै मतसंकेतबारे जानकारी दिइने बताएको छ ।
परिचयपत्र लिनका लागि मतदाताले आफ्नो परिचयपत्र (नागरिकता, पासपोर्ट,लाइसेन्स) लिएर जानुपर्ने छ ।