Logo

गोरखाको गण्डकी गाउँपालिका ७ र ८ पूर्ण खोपयुक्त, सबै खोप समयमै पुरा गर्ने प्रतिवद्धता

गोरखाको गण्डकी गाउँपालिका ७ र ८ पूर्ण खोपयुक्त, सबै खोप समयमै पुरा गर्ने प्रतिवद्धता


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका वडा ७ र ८ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । शुक्रवार एक कार्यक्रमवीच दुई वडालाई पूर्ण खोप घोषणा गरेको हो ।

दुबै वडाका दुई बर्ष मुनिका सबै बालबालिकाले पाउनुपर्ने सबै किसिमको खोपको मात्रा पाइसकेको हुनाले पूर्ण खोपयुक्त वडा घोषणा गरिएको बताइएको छ ।

कार्यक्रममा गण्डकी गाउँपालिका प्रमुख होमबहादुर रानाले सो गाउँपालिकालाई गोरखाको पहिलो पूर्ण खोपयुक्त गाउँपालिका बनाउने बताए । हाल गण्डकीको वडा नम्बर ३ र ४ बाहेक अन्य वडा पूर्ण खोपयुक्त घोषणा भइसकेको उनले जानकारी दिए । साथै सो अबसरमा अध्यक्ष रानाले असारको अन्तिमसम्म आफ्नो टोलटोलका समस्या तथा योजनाहरुआफ्ना जनप्रतिनिधिलाई बुझाउन आग्रह समेत गरे ।

कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष रामप्रसाद रेग्मीले सामुहिक प्रतिवद्धतापत्र बढेर सुनाएका थिए । अध्यक्ष वडा रेग्मीले वालवालिकालाई खोपबाट वञ्चित हुन नदिने प्रतिवद्धता व्यक्त गरे । साथै सवै खोप समयमै पुरा गर्ने समेत बताए ।

सो अवसरमा वडा नम्बर ७ का अध्यक्ष तुलसी रेग्मीले पूर्ण खोपसँगै वीमाको कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिए । साथै वडा नम्बर ७ मा चाँडै नै स्वास्थ्यचौकी निर्माण गरिने बताए ।

त्यस्तै स्वास्थ्य सहायक अमृत शाहले वालवालिकाको स्वास्थ्यप्रति समुदाय आफै सचेत भएकोले पूर्ण खोप कार्यक्रम घोषणा गर्न सहज भएको बताए । कार्यक्रममा वरिष्ठ अहेव शंकरबाबु दुवाडीले पूर्ण खोपयुक्त वडा घोषणाले वालवालिकाको अधिकार सुनिश्चित भएको बताए ।

कार्यक्रममा केशव तिमल्सिानालगायतको समुहले स्वास्थ्य सम्बन्धी सन्देशमुलक नाटक देखाएका थिए । स्वास्थ्य स्वयंसेविका लाई सम्मान गरिएको थियो । कार्यक्रमको घ्याल्चोक स्वास्थ्यचौकी, वडा नम्बर ७ र ८ ले संयुक्त रुपमा आयोजना गरेको हो ।

घोषणा कार्यक्रममा सहभागी स्थानीयवासीले आगामी दिनमा जन्मने बालबालिकालाई पनि अनिवार्य खोप लगाउने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्