Logo

उम्मेदवार जिताउन काठमाडौं बाहिर शीर्ष नेता, प्रधानमन्त्री पनि एकहप्ता सिंहदरबार छाड्ने

उम्मेदवार जिताउन काठमाडौं बाहिर शीर्ष नेता, प्रधानमन्त्री पनि एकहप्ता सिंहदरबार छाड्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय निकायको दोस्रो चरणको निर्वाचन नजिकिएसँगै प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरु चुनावी क्षेत्रमा खटिएका छन् । आ–आफ्ना उम्मेदवार जिताउन शीर्ष नेताहरु चुनावी क्षेत्रमा खटिएका हुन् ।

आजैमात्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबार छाडेर धनगढीतर्फ लागेका छन् । उनले आज धनगढीको कार्यक्रमलाई सम्बोधन गरेर एक हप्ता डडेलधुरामा विताउने कार्यक्रम रहेको छ ।

यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आफ्ना उम्मेदवार जिताउन एक नम्बर प्रदेशमा खटिएका छन् । केही समय अघि देखि विभिन्न कार्यक्रममा खटिएका ओलीले मोरङको कार्यक्रमलाई सम्बोधन गर्नेे छन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि आफ्नो उम्मेदवार जिताउन जिल्ला जिल्लामा खटिएका छन् । उनीले ५ र ६ नम्बर प्रदेशलाई कार्यक्षेत्र बनाएर चुनावी अभियानमा खटिएका छन् । हिजो नेपालगञ्ज पुगेका दाहाल आज रोल्पा जाने कार्यक्रम रहेको छ ।

त्यसैगरी प्रमुख पार्टीका शीर्षस्थ नेता तथा पदाधिकारीहरु पनि आ–आफ्ना उम्मेदवार जिताउन निर्वाचन क्षेत्रमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL