Logo

भ्रष्टाचारको उजुरी परेका महत र ढकाललाई पक्राउ गर्न अख्तियारको अनुरोध, सुचना दिनेलाई पुरस्कार

भ्रष्टाचारको उजुरी परेका महत र ढकाललाई पक्राउ गर्न अख्तियारको अनुरोध, सुचना दिनेलाई पुरस्कार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको उजुरी परेका कर फस्र्योट आयोगका अध्यक्ष डा. लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई भ्रष्टाचार मुद्धाको अनुसन्धानका लागि पक्राउ गर्ने कार्यमा सहयोग गर्न सार्वजनिक अनुरोध गरेको छ ।

अख्तियारले बिहिबार गोरखापत्रमा एक सुचना प्रकाशित गर्दै उपस्थित हुन सुचना जारी गरिएपनि हालसम्म उपस्थित नभइ फरार रहेकोले पक्राउ गरी सहयोग नै अनुरोध गरेको हो ।

अख्तियारले सुचनामा महत र ढकाललाई पक्राउका लागि सुचना दिएर सहयोग गर्नेलाई उचित पुरस्कार प्रदान गरिने पनि उल्ल्ेख गरेको छ । फेला पार्ने जोसुकैले आयोगको हटलाईन १०७ मा सम्पर्क गर्न पनि अख्तियारले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL