Logo

महासंघले अघि बढायो जिल्ला उपाध्यक्ष चयन प्रक्रिया

महासंघले अघि बढायो जिल्ला उपाध्यक्ष चयन प्रक्रिया


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले रिक्त रहेको जिल्ला उपाध्यक्ष पदको निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ । महासंघको मंगलबार बसेको कार्यसमिति बैंठकले उद्योग वाणिज्य संघ समूहको उपाध्यक्ष पद रिक्त भएको निर्णय सहित उक्त पदमा महासंघको विद्यमान विधानको दफा ५६ को उपदफा ३ अनुसार पदपूर्ति गर्ने निर्णय गरेको हो ।

महासंघका तत्कालिन जिल्ला उपाध्यक्ष प्रमोद श्रेष्ठ मेयर पदमा चुनाव उठेसँगै सो पद रिक्त भएको थियो । हाल सो पद पूर्तिका लागि प्रक्रिया अघि बढाइएको महासंघले जानकारी दिएको छ । तर, सो कार्यका लागि मिति भने तय गरिएको छैन ।

यसैगरी बैंकहरूले पटकपटक चर्कोरुपमा बैंक ब्याजदर बढाउँदा उद्यमी व्यवसायी तथा आम सर्वसाधारणमा समेत ठूलो भार पर्न गएको भन्दै सो सम्बन्धमा बैंकर्सहरूसंग छलफल गर्ने निर्णय गरेको छ ।

महासंघले सरकारी इजाजत लिई वर्षौदेखि संचालमा रहेका रोडा ढुंगा वालुवा, प्लाष्टिक्सलगायतका उद्योग व्यवसायमा मापदण्ड परिवर्तन गर्दा उद्योगी ब्यवसायीहरु संकटमा परेको भन्दै सरकारको ध्यानाकषर्ण गराउने भएको छ । साथै, भुकम्प पश्चात बन्द रहेको तातोपानी नाका खुलाउनका लागि चीनसँग कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL