काठमाडौ । भरतपुर महानगरपालिकाको मतगणनावारे विवादमा सर्बोच्चले सक्कल कागजात झिकाउन निर्देशन दिएको छ ।
पुनः मतदान वा पुनःमतगणना भन्ने विवादमा सर्वोच्च अदालतले कागजहरु झिकाउन निर्देशन दिएको हो । मंगलबार कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दाको फाइल र निर्वाचन आयोगको निर्णयको सक्कल प्रति झिकाउन आदेश दिएको हो ।
अदालतले एक हप्ताभित्र सक्कल कागज झिकाएर अदालतमा पेश गर्न भनेको छ ।
मंगलबार रिट निवेदकको पक्षबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, हरि उप्रेती, टिकाराम भट्टराईले बहस गरेका थिए । निर्वाचन आयोगको तर्फबाट बरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गरेका थिए ।