काठमाडौं । आइतबार १३ दशमलव ६२ अंकले घटेको नेप्से सोमबार २० दशमलब ८२ अंकले ओरालो लागेको छ । स्थानीय निकायको पहिलो चरणको निर्वाचनसँगै ओरालो लागेको नेप्से परिसुचक दोस्रो चरणको निर्वाचनको मनोनय दर्ता भइसक्दा करिव २१ अंकले घटेको हो । सो दिन सेयर बजार १५ सय ५५ दशमलव १६ अंकमा झरेर बन्द भएको छ ।
सोमबार सबै समुहका परिसुचक ओरालो लाग्दा नेप्से परिसुचकमा नकारात्मक प्रभाव परेको हो । सो दिन सबैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ४२ दशमलब ८९ अंकले घटेको छ ।
त्यस्तै उत्पादन समुह २३ दशमलव २५, विकास बैंक २१ दशमलव ३१ र सेयर बजारमा बढी प्रभाब रहेको बैंकिङ समुह २० दशमलव ३८ अंकले ओरालो लागेको छ ।
त्यसैगरी जलविद्युत समुह १८ दशमलव ५१, होटल १६ दशमलव ६२, फाइनान्स १० र अन्य समुहको परिसुचक २ दशमलव ३१ अंकले घटेको हो ।
सोमबार एभरेष्ट इन्स्योरेन्स कम्पनीको भने १५ करोड ६६ लाखको कारोबार भएको छ ।
दिनभर कुल ६४ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ३७ कम्पनीको ८ लाख १४ हजार कित्ता सेयर कारोबार भएका छन् ।