Logo

दोस्रो चरणको स्थानीय निर्वाचन : तीन प्रदेशमा उम्मेदवारी दर्ता शुरु

दोस्रो चरणको स्थानीय निर्वाचन : तीन प्रदेशमा उम्मेदवारी दर्ता शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दोस्रो चरणको स्थानीय निकायको निर्वाचनका लागि उम्मेदवारी दर्ता शुरु भएको छ । यही असार १४ गते हुने १, ५ र ७ नम्बर प्रदेशको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता शुरु भएको हो ।

निर्वाचन आयोगका अनुसार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । दोस्रो चरणमा हुन लागेको तीन वटा प्रदेशको स्थानीय तहको निर्वाचनमा १ महानगर, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ १५ गाउँपालिकामा रहेका छन् ।

यही असार १४ गते हुने तीन वटा प्रदेशको निर्वाचनमा कुल ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता रहेको र जसबाट १५ हजार ३८ जनप्रतिनिधि चुनिने आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्