Logo

१५४ जलविद्युत आयोजनको अनुमति पत्र खारेज

१५४ जलविद्युत आयोजनको अनुमति पत्र खारेज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विद्युत विकास विभागले १ सय ५४ वटा जलविद्युत आयोजनाको निर्माण प्रक्रिया रद्द गरेको छ । सर्बेक्षण अनुमति लिएर काम नगरी बसेका साना जलविद्युत आयोजनाको निर्माण प्रक्रिया रद्द गरेको हो ।

विभागले १ मेगावाटसम्मका आयोजना सर्वेक्षण गर्नको लागि ‘जानकारी स्वीकृति पत्र’ दिने गरेको थियो । विभागका अनुसार खारेज हुने ३ देखि २० वर्षसम्मका कम्पनी रहेका छन् । जानकारी स्वीकृतिपत्र लिएको २ वर्षपछि सर्वेक्षण, विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौताका साथै निर्माण कार्य पनि सुरु गर्न पर्छ । तर यी १ सय ५४ वटा आयोजनाले कुनै पनि काम नगरेका कारण खारेज गर्नुपरेको विभागले जानकारी दिएको छ ।

विभागले पुराना कम्पनीलाई २०७३ मा सूचना जारी गर्दै ३५ दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएको थियो । तर ती कम्पनीले तोकिएको समयभित्र प्रगति बिबरण नबुझाएपछि स्वीकृति रद्द गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL