Logo

स्थानीय निकाय निर्वाचन, डा. महत भन्छन्, आर्थिक र विकासका एजेण्डालाई अघि बढाउने नेतृत्व चाहिन्छ

स्थानीय निकाय निर्वाचन, डा. महत भन्छन्, आर्थिक र विकासका एजेण्डालाई अघि बढाउने नेतृत्व चाहिन्छ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पूर्व अर्थ मन्त्री तथा नेपाल कांग्रेसका नेता डा. रामशरण महतले स्थानीय निकायको निर्वाचमा आर्थिक र विकासका एजेण्डालाई अघि बढाउने व्यक्तिलाई चयन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको परिवर्तनको अगुवाई गरेको जानकारी दिँदै आगामी दिनमा अझ शसक्त रुपमा अघि बढ्न स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कांग्रेसले लिएको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको एजेण्डामा सबै दल उभिएको चर्चा गर्दै सोही आधारमा स्थानीय तहको जिम्मा पनि कांग्रेसलाई दिइयो भने मात्र मुलुकको समृद्धि संभव भएको दाबी गरे ।

पाँचथरको खुर्विसे पञ्चकन्यामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै नेता डा महतले अबको राजनीति आर्थिक एजेण्डाको हुने र आर्थिक एजेण्डालाई अगाडि बढाउन सक्ने पार्टीलाई जिताउन जनसमक्ष आग्रह गरे । पार्टी कार्यकर्ताहरुले पनि आर्थिक एजेण्डा र विकासका एजेण्डाहरुलाई सशक्तरुपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

कांग्रेसले लिएको आर्थिक नीतिको बाटो सही भएको र सोही कारण गाउँ गाउँको विकास संभव भएको उनको दाबी थियो । ‘उद्योगधन्दामा स्वदेशी तथा विदेशी निजीक्षेत्रको लगानी वृद्धि गरी रोजगारी सिर्जना गुर्नमा हाम्रो ठूलो भुमिका छ,’ उनले भने, ‘तत्कालिन नीतिकै कारण राजस्वमा ठूलो वृद्धि भई गाउँ गाउँमा विकास निर्माण पुर्याउन सहज भयो ।’

प्रतिक्रिया दिनुहोस्
MBL