Logo

दुई नम्बर प्रदेशमा खटिएका निर्वाचन आयोगका कर्मचारी फिर्ता

दुई नम्बर प्रदेशमा खटिएका निर्वाचन आयोगका कर्मचारी फिर्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निर्वाचन आयोगले २ नम्बर प्रदेशका जिल्लामा खटिएका कर्मचारीहरुलाई फिर्ता बोलाएको छ।

सरकारले दुई नम्बर प्रदेशको स्थानीय चुनाव असोज २ गतेलाई सारेपछि आयोगले आफ्ना कर्मचारीहरु फिर्ता बोलाएको हो ।

त्यस क्षेत्रमा खटिएका निर्वाचन अधिकृत, मतदाता शिक्षा कार्यकर्ता लगायत सबै अधिकारीहरुलाई फिर्ता बोलाएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

साथै आयोगले असोज २ गते अघि नै अर्को निर्णय गरेर मात्र निर्वाचन कार्यालय खोल्ने र कर्मचारी खटाउने निर्णय गरेको उनले बताए

प्रतिक्रिया दिनुहोस्
MBL