Logo

एसइइको नजिता सार्वजनिक, पुनः परीक्षा साउन १९ गतेबाट

एसइइको नजिता सार्वजनिक, पुनः परीक्षा साउन १९ गतेबाट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले गत चैत पहिलो साता लिएको १० कक्षाको अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

कार्यालयले ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरेको हो । यस बर्षको एसइइको परिक्षामा ४ ला ६२ हजार १ सय ३६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) अंक ल्याएर १२ हजार २ सय ८४ विद्यार्थी उत्र्तिण भएका छन् ।

यसैगरी ३.२ देखि ३.६ जीपीएमा ४२ हजार ४ सय २७ जनाले परीक्षार्थी उत्तिर्ण भएका छन् भने २.८ भन्दा माथी देखि ३.२ जीपीएमा ५० हजार ६ सय ४६ जना उत्तिर्ण भएका छन् ।

कार्यालयका अनुसार २.४ देखि २.८ जीपीएमा ६१ हजार ९ सय ५५ जना, २ देखि २.४ जीपीएमा ९१ हजार ३ सय १४ परीक्षार्थी परेका छन् भन् सबैभन्दा बढी १.६ देखि २.४ जीपीए ल्याउने १ लाख ८ हजार ४ सय ६४ छन् । १.२५ देखि १.६० सम्म ल्याउने ६४ हजार ५ सय ७५ रहेका छन् भने ०.८५ देखि १.२० ल्याउने ११ हजार २ सय ८५ परीक्षार्थी रहेका छन् ।

कार्यालयका अनुसार परिक्षामा सामेल भएका मध्ये २ सय १९ जनाको परिक्षा रद्ध गरिएको छ । परीक्षामा सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् । ग्रेड बृद्धीका लागि साउन १९ देखि २६ गतेसम्म पुनः परीक्षा दिन पाइने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL