Logo

भारतमा अब हरेक दिन पेट्रोलियमको मूल्य परिवर्तन हुने

भारतमा अब हरेक दिन पेट्रोलियमको मूल्य परिवर्तन हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतमा पेट्रोल र डिजेलको भाउ दिनहुँ परिबर्तन हुने भएको छ । हालसम्म भारतमा डिजेल र पेट्रोलको भाउ पाक्षिक रुपमा परिवर्तन हुने गरेकोमा अब दिनहुँ परिबर्तन हुने भएको छ । शुक्रबारदेखि सो नियम लागु हुन लागेको हो ।

आयल मार्केटिङ कम्पनी (ओएमसी)ले चन्द्रिगढ,पोण्डीचेरी,उदयपुर,विशाखापटनाम र जमसेडपुरमा ४० दिनसम्म अध्ययन गरेर यो निणर्यमा पुगेको हो ।

शुरुमा मूल्यमा उपभोक्ता अन्योलमा पर्ने भन्दै हरेक दिन बिहान ६ बजे मूल्य परिवर्तन हुने बताएको छ ।

भारतमा सरकारी स्वामित्वको इण्डियन आयल कर्पोरेसन, हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन र भारत पेट्रोलियमद्धारा सञ्चालित ५४ हजार ओटा पम्प छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL