Logo

किस्ताबन्दीमा निर्वाचन प्रदेश २ को चुनाव असोज २ मा, बाँकी असार १४ मै

किस्ताबन्दीमा निर्वाचन प्रदेश २ को चुनाव असोज २ मा, बाँकी असार १४ मै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन अन्तरगत २ नम्बर प्रदेशको चुनावी मिति सार्ने निर्णय गरेको छ । निर्वाचन आयोगको असहमतिका बाबजुद पनि सरकारले चुनावको मिति सार्ने निर्णय गरेको हो ।

सरकारले आजै बिहान मात्रै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलगायत अन्य पदाधिकारीसँग चुनावको मिति सार्ने सम्बन्धमा छलफल गरेको थियो । तर, आयोगले कुनै पनि हालतमा चुनावी मिति सार्न नमिल्ने धारणा व्यक्त गरेको थियो ।

तर, आयोगसँगको छलफलपछि आजै सिंहदरबारमा बसेको सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ को निर्वाचन असोज २ मा गर्ने सहमति गरेका छन् । बाँकी १, ५ र ७ को निर्वाचन भने असार १४ मै हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL