Logo

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल, चुनाव मिति सार्न नसकिने आयोगको अडान

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल, चुनाव मिति सार्न नसकिने आयोगको अडान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय निर्वाचनको मिति सार्ने विषयमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलगायत आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री देउवाले तराइका केही जिल्लामा निर्वाचनको मिति सार्न प्रस्ताव गरेपनि आयोगले त्यसको अस्विकार गरेको स्रोतले जानकारी दिएको छ ।

सरकारले दोस्रो चरणको निर्वाचनको मिति पटक–पटक सारेको भन्दै अब आयोगले कुनै पनि हाल सार्न नसकिने अडान राखेको छलफलमा संलग्न एक अधिकारीले बताए । सरकारले तराइ मधेशका केही जिल्लामा समय थप गरेर मधेशी दललाई पनि सहभागी गराउने प्रस्ताव अघि सारेको थियो । तर, अबका दिनमा प्रदेश सभा र संसदको चुनाव गर्नु पर्ने संवैधानिक बाध्यता भएको भन्दै स्थानीय निकायको चुनावको मिति थप गर्न नसकिने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्