काठमाडौं । अब पैदल यात्रुले जथाभावी बाटो काट्दा जरिबाना तिर्नु नपर्ने भएको छ । गृहमन्त्री जनार्दशन शर्माले टाफिक प्रहरीलाई यात्रुसँग जरिबाना नलिन निर्देशन दिएका हुन् ।
जथाभावी बाटो काट्ने यात्रुसँग जरिबाना लिनुको साटो चेतनामूलक कार्यक्रममा जोड दिन समेत उनले निर्देशन दिएका छन्।
गृह मन्त्रालयमा सुरक्षा निकायहरुसँग छलफलमा गरी यस्तो निर्देशन दिएका हुन् । २०० जरिवाना गरेर जथाभावी बाटो काट्ने प्रवृत्ति नहट्ने उनले बताए । जथाभावी बाटो काट्नेलाई आधा घन्टा राखेर शिक्षा दिन भनेका छन् ।