काठमाडौ । अध्यक्ष दिगम्वर झालाई अज्ञात समुहले गरेको आक्रमणको नेपाल दूरसञ्चार प्राधिकरणले भत्र्सना गरेको छ ।
आइतबार अनामनगको धोबिखोला पुलमा अध्यक्ष झाको गाडीमा आक्रमण गरेका थिए । प्राधिकरणको कार्यलय कमलादीबाट आफ्नो निवासतिर जाँदै गर्दा बेलुका ६ बजे अज्ञात समुहले आक्रमण गरेको हो ।
प्राधिकरणले एक पे्रस विज्ञप्ति जारी गर्दै सार्बजनिक पदमा कार्यरत पदाधिकारी माथि भएको आक्रमणमा संलग्नहरुलाई पक्राउ गरि कारबाही गर्न माग गरेको छ ।
साथै अध्यक्ष माथि भएको अवाञ्छित घटनाबाट प्राधिकरणको नेतृत्व विचलित नभएको र आगामी दिनमा गर्नुपर्ने काम तदारुकताका साथ गर्न कटिवद्ध रहेको बताएको छ ।