Logo

राजपाले गर्यो आमहड्ताल सहित आन्दोलनको घोषणा

राजपाले गर्यो आमहड्ताल सहित आन्दोलनको घोषणा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । राजपाको आइतबार बसेको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने बताएको छ ।

जसअनुसार उम्मेद्वारहरूको मनोनय दर्ताका दिन असार २ गते गाउँपालिका र नगरपालिकामा अवस्थित निर्वाचन केन्द्रहरूमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने बताएको छ ।

त्यस्तै असार ६ देखि १४ गतेसम्म निर्वाचन कार्यक्रममा अवरोध गर्ने छ ।

राजपा नेता राजेन्द्र महतोले पत्रकार सम्मेलन गर्दै सरकारसँग वार्ताको औचित्य सकिएको बताए । तर सरकारले माग पुरा गरेका भने आफूहरु सहमतिमा आउने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
MBL