Logo

असार १४ को चुनाव सार्न राजपाको माग, सत्तारुढ दलले गर्यो अस्वीकार

असार १४ को चुनाव सार्न राजपाको माग, सत्तारुढ दलले गर्यो अस्वीकार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले राखेको चुनाव सार्ने मागको सत्तारुढ नेपाली कांग्रेस र माओबादी केन्द्रले अस्वीकार गरेको छ । राजपाले असार १४ को दोस्रो चरणको स्थानीय चुनाव सार्न माग गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा शनिबार सिंहदरबारमा बसेको तीन दलको बैठकमा राजपाका नेताहरुले यथास्थितिमा आफूहरु चुनावमा आउन नसक्ने बताएका थिए ।
आफूहरुको सहभागिता विना हुने चुनावको अर्थ नहुने भन्दै राजपाका नेताहरुले राजनीतिक मुद्दा सम्बोधन गरेर मात्र चुनाव गर्न माग गरेका छन् ।

तर, सत्तारुढ कांग्रेस र माओवादीका नेताहरुले चुनाव सार्ने प्रस्ताव अस्वीकार गरेको माओवादी नेता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL