Logo

विश्व पुनर्निर्माण सम्मेलनमा महासंघका उपाध्यक्ष ढकालको सम्बोधन

विश्व पुनर्निर्माण सम्मेलनमा महासंघका उपाध्यक्ष ढकालको सम्बोधन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले बेल्जियममा आयोजित तेस्रो विश्व पुनर्निर्माण सम्मेलनलाई ब्रसेल्समा सम्बोधन गरेका छन् ।

महासंघका उपाध्यक्ष ढकालले सम्मेलनमा नेपालमा विनासकारी भुकम्प पश्चातको कार्यसम्पादन विषयक शत्रलाई मंगलवार संवोधन गर्दै नेपाली निजी क्षेत्रको धारणा राखेका थिए । ।

उपाध्यक्ष ढकालले दुई वर्ष अघिको विनासकारी भूकम्पबाट १४ जिल्लाहरु नराम्ररी प्रभावित भएका र त्यसबाट निकै ठूलोजनधनको क्षतिपुग्न गएको तथा अर्बौको आर्थिक नोक्सानी पुग्न गएको स्मरण गराए । साथै भुकम्प पश्चात तत्काल विपत्तिमा परेका जनताहरुलाई नेपाली निजी क्षेत्रले अग्रस्थानमा रहेर सेवा पुर्‍याएको समेत जानकारी दिए ।

निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघले मुलुकभर रहेको आफ्नो संजाल मार्फत राहत संकलन गरि प्रभावित जिल्लाहरुमा रहेका आफ्ना सदस्यहरुको सहयोगमा पिडीत जनतालाई राहत पुर्‍याउने काम गरेको समेत विश्व समुदायलाई जानकारी गराए । निजी क्षेत्रले पुनरनिर्माणको कार्यमा समेत सरकारलाई सहयोग गरेको बताए ।

विभिन्न आन्तरिक कारणबाट पुनरनिर्माण कार्य संतोषजनक रुपमा अगाडी बढ्न नसकेको यथार्थता अवगत गराउदै निकै लामोसमय पछि सम्पन्न स्थानीय निकायको निर्वाचन पश्चात अव पुनरनिर्माणको कार्यले गति लिने विश्वास समेत दिलाए ।

जेठ २३ देखि बेल्जियमको ब्रसेल्समा आयोजित उक्त सम्मेलन विहीवारसम्म चल्ने छ । उपाध्यक्ष ढकालका साथ उक्त सम्मेलनमा महासंघको कार्यकारिणी समितिका सदस्य एवं रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्यले भाग रहेका छन् ।
सम्मेलन यूरोपियन यूनियनको मुख्य आयोजना र यूरोपियन कमिसन, विश्व बैंकको ग्लोवल फ्यासलिटी फर डिजास्टर रिडक्शन एण्ड रिकभरी(जीएफडीआरआर) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम लगायतका विश्व संस्थाहरुको सहआयोजनामा भएको हो ।

विश्वमा, प्राकृतिक विपत्ति पश्चात तत्काल आइपर्ने समस्याको प्रभावकारी व्यवस्थापन सहित तत्पश्चात पुनरप्राप्ति, पुनस्र्थापना र पुनरनिर्माणको कार्यलाई उत्कृष्टरुपमा सम्पादन गर्ने कार्यलाई प्रवर्द्धन गर्नुनै सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।

सम्मेलनमा विभिन्न देशका सरकार, अन्तराष्ट्रिय संघरसंस्थाहरु, निजी क्षेत्र, सरोकारवाला निकायका प्रतिनिधिहरु, विषयगत विज्ञहरु, गैर सरकारी संघरसंस्थाहरुका गरि ५ सय जनाको सहभागिता रहेको छ ।
विशेषरुपमा नेपालकै लागि राखिएको उक्त सत्रमा राष्ट्रिय पुनरनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी सीइओ डा गोविन्दराज पोखरेलले भुकम्पपछिको पुनर्निर्माणका विषयमा विशेष प्रस्तुती गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्