काठमाण्डौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पून निर्माण शुरु गर्ने बताएका छन् । राष्ट्रिय व्यापार संघले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान समारोहमा उनले पूर्न निर्माण कार्य छिटै शुरु गर्ने बताएका हुन् ।
काठमाण्डौँ महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर लगायत वडा नं. २२ र २४ बाट निर्वाचित वडा अध्यक्ष लगायत सदस्यहरुको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो ।
सो अबसरमा मेयर शाक्यले चुनावमा गरेका प्रतिबद्धता आफुले पुरा गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख बिध्यासुन्दर शाक्य उपमेयर हरिप्रभा खड्की लगायतलाई राष्ट्रिय व्यापार संघका अध्यक्ष नयन बहादुर पण्डित क्षेत्रिले सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा महानगरपालिकाका मेयरले भुकम्पबाट क्षेतिग्रस्थ संरचनाहरुको पुनःनिर्माण सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा नवनिर्वाचित उपमेयर २२ र २४ वडामा वडा अध्यक्षहरु क्रमशः चिनकाजि मर्हजन र बालकृष्ण श्रेष्ठका साथै सल्लाहाकारहरु शम्मुलाल श्रेष्ठ, जुग्दरत्न ब्रजाचार्य र अजरमान मानन्धरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।